आमा साथमा नहुँदाको आभास

अब मलाई दु:ख हुँदा कस्ले सम्झऊँछ?
अब मलाई रिस उठ्दा कस्ले फकऊँछ?
याद आउँछ तिमीसँग "खाना खान्न" भनि झगडा गरेको,
अब मलाई माया गरि कस्ले खुवाऊँछ?

अब मलाई बिहान ढीला हुँदा कस्ले उठाऊँछ?
अब मलाई सन्चो नहुँदा स्याहार गरि कस्ले सुताऊँछ?
याद आउँछ तिमीसँग हरेक कुरा चाहियो भनि जिद्दी गरेको,
अब मैले गल्ति गर्दा गाली गरि कस्ले कराऊँछ?

अब मैले बदमासी गर्दा " पख़ बाबालाई भन्दिन्छु " भनि कस्ले तर्साऊँछ?
अब मलाई बाबाले गाली गर्दा " भैहाल्यो छोड्दिनुस " भनि कस्ले बाचाऊँछ?
याद आउँछ तिमीसँग " बाहिर जानु छ पैसा चहियो " भनि झर्किएको,
अब मलाई ढीला हुँदा फोन गरि " झट्टै आइजोन " भनि कस्ले बोलाऊँछ?

अब मलाई टाउकोमा तेल हल्दी कपाल कस्ले चलाऊँछ?
अब मलाई " ल हेरो भईस " भनि कस्ले फुर्क्याऊँछ?
याद आउँछ तिमीसँग हरेक कुराको जवाफ सोधेको,
अब मलाई अफ्ठ्यारो पर्दा " एसो गर् " भनि कस्ले सिकाऊँछ?